प्रकाशित मिति : बुधबार, माघ २४, २०७४

एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो।
भोली(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्।
यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नुपर्ने छ। त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जानकारी दिएको छ।
त्यस्तै एक घण्टा भिडियो च्याट गर्नको लागि २० रुपैयाँको प्याक लिनसकिने छ। जसको लागि ८१७११४३ डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij