शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्यो- चालकसहित दुईको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • दुध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ। नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा बिहिबार बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएको ट्याङ्कर त्रिशूलीमा खसेको थियो।

    नारायणगढबाट पोखरा जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना ७ ख ४३१४ नम्बरको कन्टेनरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

    ट्यांकर सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा ट्यांकर चालक र सहचालक छन्। चालक नवलपरासीका सन्तकुमार कुमालको सनाखत भए पनि सहचालकको हुन नसकेको प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij