आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नगरबासीकै पहलमा छ लेनको सडक बन्यो रंगीचंगी

  • प्रकाशित मिति : बिहिबार, माघ २५, २०७४



  • बुटवल, माघ २५ । बुटवल–वेलहिया छ लेन सडक मार्गलाई रंगीचंगी बनाइएको छ ।

    राजमार्ग विस्तार गरेर ६ लेनको बनाइएपछि स्थानीयले आफ्नै खर्चमा आसपासका क्षेत्रमा विभिन्न फूल तथा विरुवा रोपेर रंगीन बनाएका हुन् ।

    सिक्सलेनको निर्माण पूरा भएको बुटवलको योगीकुटी देखि मणीग्रामसम्मको ५ किलो मिटर क्षेत्रमा नगरबासी र संघ संस्थाले बिभिन्न प्रजातिका फुल, विरुवा रोपेका छन् ।

    तिलोत्तमा नगरपालिकाको हरीयाली सडक अभियानअन्र्तगत दुवै छेउका डिभाईडरमा धुपी, गोदावरी सयपत्रीलगायतका फुल रोपिएको छ ।

    नगरपालिकाले सुरु गरेको यो अभियानले अन्य क्षेत्रका समुदायलाई समेत प्रेरणा मिल्ने नगर प्रमुख वासुदेव घिमिरे बताउँछन् ।

    नगरपालिकाले स्थानीयलाई क्षेत्र छुट्टाएर हरियाली वनाउने जिम्मा दिएको छ । नगरको यो अभियानलाई स्थानीय, पुष्प व्यवसायी र अन्य संघ संस्थाले सघाएका छन् ।

    सडक छेउमा तारबार गरी सुन्दरता बढाउन स्थानीयबीच प्रतिस्पर्धा नै चलेको छ भने नगपालिकाले पनि उत्कृष्ट हरियाली बनाउने स्थानीयलाई पुरस्कृत गर्न थालेको छ ।

    रंगीचंगी फुल विरुवाले फराकिलो नमुना सिक्सलेन सडकलाई अझबढी सुन्दर र मनमोहक बनाएको मात्रै छैन यसले तिलोत्तमा नगरको छुट्टै पहिचान बनाएकोमा स्थानीय समेत खुसी छन् ।

    सडकको किरानको डिभाइडरमा रंग लगाएर चिटिक्क पारिएको छ भने सडकको बीचमा सोलार बत्ती राखिएको छ ।

    आफ्नो घरअगाडीको सडकलाई हरियाली सुन्दर बनाउन तिलोत्तमाबासीले गरेको प्रयास र सफलताबाट अरुले पनि सिक्न सके राजमार्ग र हरेक सडक सफा सुग्घर र सुन्दर हुनेमा दुई मत छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij