प्रकाशित मिति : शुक्रबार, माघ २६, २०७४
पाँचथरको फिदिम बजारस्थित एक घरमा शुक्रबार दिउँसो आगलागी हुँदा कम्तिमा १० लाख बराबरको धनमाल जलेर नस्ट भएको छ।
बजारको बुद्ध मार्गमा पर्ने सूर्य निरौलाको घरमा दिउँसो अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।
पक्की घरको छतमा जस्तापाले बारेर बनाएको छाप्रोबाट आगलागी सुरू भएको थियो।
स्थानीय बासिन्दा, जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्र गरेको छ।
आगलागीबाट निरौलाको १० लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रारमभीक अनुमान गरेको छ।
समयमै आगो नियन्त्रणमा लिएकाले फिदिम बजारमा ठूलो आगलागी हुनबाट बचेको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij