आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एन्फा अध्यक्षमा कर्माछिरिङको उम्मेदवारी घोषणा

  • प्रकाशित मिति : शनिबार, माघ २७, २०७४



  • काठमाडौं, माघ २७ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वका लागि आगामी चैत १४ गते हुने निर्वाचनमा पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न जिल्ला संघ, ‘ए’, ‘बी’, ‘सी’ डिभिजन क्लबका प्रतिनिधि तथा फुटबलका अरु सरोकारवाला व्यक्तिको बाक्लो उपस्थितिकाबीच शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् ।

    फिफाले भ्रष्टाचार मामलामा मुछिएको भन्दै तत्कालीन अध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध लगाएसँगै एक वर्षे कार्यकालका लागि रिक्त रहेको अध्यक्ष पदमा १५ महिनाअघि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए ।

    तर, त्यतिबेला गणेश थापानिकट मानिएका श्रेष्ठलाई अध्यक्षमा जिताउन लागिपरेका एन्फाका मानार्थ अध्यक्ष टासी घले, पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्मा, उपाध्यक्ष वीरबहादुर खड्का, पूर्वसीइओ इन्द्रमान तुलाधरलगायतले योपटक शेर्पालाई समर्थन गरेका छन् ।

    पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शेर्पाले फुटबलमा देखिएको विकृतिविरुद्ध तथा परिवर्तनका लागि लामो समयदेखि गर्दै आएको आन्दोलनलाई सबै एकजुट भएर गन्तव्यमा पुर्‍याउन आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij