आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा शिवरात्री मनाउने तयारी

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • हिन्दूहरुको महान पर्व महाशिवरात्री बेलायतमा बस्ने नेपालीहरुले पनि मनाउने तयारी गरेका छन् । लण्डन, अल्डरसट, बर्मिगहमलगायतका नेपाली समुदायको बाहुल्यता रहेका क्षेत्रमा शिवरात्री मनाउने तयारी भइरहेको छ ।

    लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा आउंदो मंगलबार फेब्रुअरी १३ तारिखका दिन शिवरात्री मनाउने कार्यक्रम तय भएको छ ।

    सो दिन बिहान ७ बजेदेखि दर्शन अभिषेक, ११ बजेदेखि रुद्री पूजा, दिउंसो साढे १२ बजे भजन कृतन तथा साढे १ बजे पण्डित निलहरि घिमिरेबाट शिवरात्रीसम्बन्धी विशेष प्रवचन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सहदेव गिरीले बताए ।

    त्यसअवसरमा लाख बत्ति प्रज्वलन, आरती तथा प्रसाद वितरणको साथै सन्ध्याकालीन भजन कृतनको पनि कार्यक्रम छ ।

    त्यस्तै, अल्डरसटस्थित शिव मन्दिर र वेस्ट लन्डनमा पनि शिवरात्रीका दिन विशेष कार्यक्रमको तयारी गरिएको छ । लण्डनबाहिर बर्मिगहममा रहेको पशुपतिनाथ मन्दिरमा पनि शिवरात्रीका दिन विशेष पूजाआजा तथा भजन कृतनको कार्यक्रम राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij