आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने ब्रिटिश सरकारको चेतावनी

  • प्रकाशित मिति : आइतवार, माघ २८, २०७४



  • लन्डन, माघ २८ । ब्रिटिश सरकारले परोपकारी संस्था अक्सफामलाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ ।

    संकटमा रहेका मानिसलाई यथोचित रूपमा सुरक्षाको प्रत्याभूति दिन असफल भए सहयोग रोक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हाइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै निन्दा गरे ।

    अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितलाई मद्दत गर्दा यौनकर्मीहरुको प्रयोग गरेको आरोप लाग्ने गरेको छ ।

    लण्डनमा रहेका हेइटीका राजदूत बोसित एडमण्डले अक्सफामले उक्त प्रकरण ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्न माग गरेका छन् । निगरानी गर्ने संस्था दि च्यारिटी कमिशनले सन् २०११ मा हाइटीमा आफ्ना केही सहायताकर्मीले यौनकर्मीलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको जनाएको हो ।

    सरकारसँग पैसा लिने ब्रिटेनस्थित परोपकारी संस्थाहरुलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपाय के छ भनेर पत्राचार गर्ने पनि मोर्डन्टले बताए । अक्सफामलाई गत वर्ष सरकारले ४ करोड ४० लाख डलर दिएको थियो ।

    आफूले केही कुरा नलुकाएको भन्दै अक्सफामले भने ४ जना कर्मचारीलाई बर्खास्त र तीन जनालाई राजीनामा दिन लगाएको दावी गरेको छ । दुई लाख मानिसको ज्यान जाने गरी सन् २०१० मा आएको ७ म्याग्निच्यूडको विनाशकारी भूकम्पपछि राहत कार्यक्रमअन्तर्गत अक्सफामका सहायताकर्मीहरू हाइटी गएका थिए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij