आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको निर्देशन

  • प्रकाशित मिति : सोमवार, माघ २९, २०७४



  • काठमाडौं, माघ २९ । रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ ।

    मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो ।

    विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो ।

    पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न लागेको बताएका थिए ।

    काजकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

    उनले दुर्घटनामा परेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । रुसमा हालैका वर्षमा दुई ठूला जहाज दुर्घटना भएका छन् ।

    सन् २०१६ र २०१५ मा भएका दुर्घटनाका क्रममा क्रमशः ९२ र २२४ जनाको मृत्यु भएको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij