आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसद भवनमा प्रवेश गर्न खोजेका माल्दिभ्सका सांसदलाई सेनाले यसरी फाल्यो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०७४



  • माले, फागुन ३ । राजनीतिक संकटको सामना गरिरहेको माल्दिभ्समा बुधबार सेनाले संसद भवनमा प्रवेश गर्न खोज्ने सांसदहरुलाई संसद परिसरबाट बलपूर्वक बाहिर निकालेको छ ।

    त्यहाँको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले केही तस्वीर ट्वीट गरेको छ । तस्वीरमा सेनाका जवानले सांसदहरुलाई उचाल्दै संसद भवनको कम्पाउन्ड बाहिर फालेको देखिन्छ ।

    माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामीनले देशमा संकटकाल घोषणा गरेका छन् । विपक्षीहरुले भने राष्ट्रपतिको कदमको चर्को आलोचना गर्दै आएका छन् ।

    माल्दिभ्सको संसद भवन सेनाको घेराबन्दीमा छ । विपक्षी नेता अब्दुल सतारका अनुसार सेनाले संसद भवन जान खोजेका सांसदलाई बाहिर फालेको छ । प्रधानन्यायाधीश अब्दुल्ला सइदले आफ्नो कार्यालयमा देशको परिस्थितिबारे धारणा राख्न खोज्दा उनलाई पनि जबरजस्ती तानेर लगिएको सतारको दावी छ ।

    पूर्वप्रधानमन्त्री मौमुन अब्दुल गैयुम, प्रधानन्यायाधीशसहित विपक्षी केही नेतालाई सरकारले नजरबन्दमा राखेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij