आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकमा बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न माग

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • काठमाडौं, फागुन ६ । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेको छ ।

    काठमाडौं, फागुन ६ । फ्लोरिडा गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले अमेरिकामा बन्दुक राख्न पाउने कानुनलाई नियन्त्रण गर्न माग गरेको छ ।

    सो हत्याकाण्डमा मारिएकाको सम्झनामा गरिएको श्रद्धाञ्जली कार्यक्रमका सहभागीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लज्जाबोध गर्नुपर्ने भन्दै बन्दुक राख्न पाउने कानुन नियन्त्रण गर्न अपील गरे ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफनो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताएका छन् ।

    फ्लोरिडाको पार्कल्याण्डमा गरिएको श्रद्धाञ्जली समारोहमा सो विद्यालयका शिक्षक, विद्यार्थी र राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।

    अमेरिकी राजनीतिक विश्लेषकहरु अमेरिकामा हत्या हिंसा अन्त्यका लागि बन्दुकको संस्कृति बन्द गर्नुपर्ने जिकीर गर्छन् ।

    अमेरिकी रिपब्लिकन पार्टीका नीति निर्माताहरु भने बन्दुकमाथिको प्रतिबन्ध तत्काल लगाउने पक्षमा छैनन् ।

    फ्लोरिडामा केही दिनअघि निकोलस क्रुज नामका किशोरले गोली हानी १७ जना विद्यार्थीको हत्या गरेका थिए ।

    यसअघि सन् २००७ म भर्जिनियामा त्यस्तै गोलीकाण्डमा ३२ जना मारिएका थिए ।

    सन् २०१२ मा अमेरिकाको स्यान्डी हकमा अर्का बन्दुकधारीले विद्यालयमा गोली हानेर २८ जनाको हत्या गरेको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij