आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४



  • काठमाडौं, फागुन ६ । तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ ।

    काठमाडौं, फागुन ६ । तिब्बतको महत्वपूर्ण बुद्ध गुम्बामा भीषण आगलागी भएको छ ।

    ल्हासाको जोखाङ विहारमा रहेको विहारमा आगलागी भएको हो । विभिन्न अनलाइनमा आएका भिडियो फुटेजमा बिहारको छानोबाट आगोको मुस्लो आएको देखिन्छ ।

    प्यागोडा शैलीको विहारमा आगलागी भएको हो । चीनको सरकारी सञ्चारमाध्यमले शनिबार अबेर विहारमा आगलागी भएको र लगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।

    घटनामा कसैको ज्यान नगए पनि क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

    विश्वको छानोका रुपमा लिइने तिब्बतको एक हजार वर्षभन्दा पुरानो जोखाङ विहारलाई युनेस्कोले विश्वसम्पदा सूचिमा राखेको छ ।

    चिनियाँ अधिकारीले आगलागीको भिडियो फुटेज तथा तस्वीरहरु अनलाइन तथा सामाजिक सञ्जालमा आउन नदिन ठूलो प्रयास गरेको दाबी पनि गरिएको छ ।

    तिब्बती नागरिकले उनीहरुको नयाँ वर्ष ल्होसार बनाउने समयमै विहारमा आगो लागेको हो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij