आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियामा सेनाले गरेको बमबारीमा २ सय ५० बढी सर्वसाधारणको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ९, २०७४



  • काठमाडौं, फागुन ९ । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

    काठमाडौं, फागुन ९ । सिरियामा विद्रोही नियन्त्रित पूर्वी क्षेत्र गुटामा सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ । सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ मा राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् ।

    संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ ।

    संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् ।

    उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

    सिरियामा लगातार सर्वसाधारण मारिएका खबरहरु सार्वजनिक भइरहँदा त्यहाँको सेनाले त्यसको खण्डन गरेको छैन ।

    उसले सेनाविरुद्ध जहाँबाट आक्रमण गरिएको हो त्यहीँ प्रतिकार गरिएको जनाएको छ ।

    सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला गरिएको जनाएका छन् । उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन् ।

    सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ ।

    राजधानी दमास्कस नजिक रहेको यो शहर विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो । रुसको समर्थन पाएको सरकारी सेनाले यो क्षेत्रलाई कब्जा मुक्त गर्ने प्रयास गरिरहेको छ ।

    यसैबीच सिरियाली सरकारी सेना कुर्दिसको गढ मानिने आफरिन प्रवेश गरेको छ ।

    टर्किस सेनाले अभियान चलाइरहेको सो गढमा सिरियाली सेना प्रवेश गरेपछि टर्किस सेनाले गोलाबारी गरी उनीहरुलाई हटाउने प्रयास जारी राखेको छ ।

    साथै टर्किस सेनाले आफरिन क्षेत्रमा धावा बोलेमा सिरियाली गृहयुद्धको दुई प्रमुख पक्षबीच युद्ध शुरु हुने चेतावनी दिएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij