आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियाका दर्दनाक तस्वीर, कयौं बालबालिका मारिए, कुनै घर सग्ला छैनन् (१० तस्वीर)

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४



  • दमास्कस, फागुन १४ । लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् ।

    राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।

    सिरियाली सेना र रुसले समेत सो क्षेत्रमा सैन्य कारवाही तीव्र तुल्याएको छ । पश्चिमा मुलुकको गठबन्धन पनि सिरियामा बेलाबखत हवाई हमला गर्दै आएको छ । तर सिरियाली सेना र रुसको एउटा गठबन्धन छ भने पश्चिमा मुलुक अर्को गठबन्धन बनाएर हमला गर्दैछन् । पश्चिमा मुलुकले सिरियाको विद्रोही समूहलाई हातमा लिएको छ, जो राष्ट्रपति बसर अल असदलाई सत्ताबाट हटाउन चाहन्छ । तर रुसले राष्ट्रपति असदलाई सहयोग र समर्थन गर्दै आएको छ ।

    अन्तर्राष्ट्रिय शक्ति दुई ध्रुवमा विभाजित भएको मौकाको फाइदा उठाउँदै आइएसले सिरियामा आफ्नो गतिविधि बढाउँदै गएको छ । राष्ट्रपति असद भने मुलुकबाट आइएसको प्रभाव अन्त्य गर्ने भन्दै सैन्य कारवाहीलाई अनुमोदन गर्दै आएका छन् ।

    गुटा सहरमा भएको पछिल्लो हवाई हमलामा सहर नै कुरुप बनेको छ । कुनै घर यस्ता छैनन्, जो सग्ला हुन् । सहर एक खण्डहरमा परिणत भएको छ भने कयौं नागरिक मारिएका छन् । मारिनेमा बालबालिकामात्र ५०० भन्दा बढी रहेको बताइएको छ ।

    शव गाड्न चिहानका लागिसमेत जमिनको अभाव हुन थालेको बताइन्छ । जताततै शव गाडिएको छ ।

    यसैबीच जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् ।

    जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेको जर्मन चान्सलर मर्केलको कार्यालयले जनाएको छ ।

    उनीहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि अधिकतम दवाव दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रसियाली पहलबारे छलफल गरेका हुन् ।

    यस अघि म्याक्रोँ र मर्केलले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमणलाई रोक्न पत्र लेखी औपचारिक आह्वान गरेको फ्रान्सको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी शुक्रबार जनाएको थियो ।

    जर्मनी र फ्रान्सले गुटामा मानवीय सहयोग पुग्न नसक्दा यस क्षेत्रका वासिन्दालाई खाद्यान्न तथा अन्य अतिआवश्यकीय सामग्रीको चरम अभाव भएका भन्दै कम्तिमा पनि ३० दिन लामो युद्धविराम गर्न पहल गर्न आग्रह गरेका थिए ।

    बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार विगत केही दिनमा सरकारी सेनाले चलाएको हवाई कारबाहीमा कम्तिमा ७०० सिरियाली नागरिकको मृत्यु भएको छ ।

    सिरियामा सन् २०११ देखि शुरु भएको द्वन्द्वका कारण तीन लाख २० हजारभन्दा बढी सिरियालीको ज्यान गुमेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । द्वन्द्वका कारण यहाँको झण्डै आधा जनसङ्ख्या विस्तापित बनेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij