आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीदेवीको डुबेर मृत्यु भएको पुष्टि, आजै भारत ल्याइदैं, बुधबार अन्तेष्टि

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०७४



  • श्रीदेवीको डुबेर मृत्यु भएको पुष्टि, आजै भारत ल्याइदैं, बुधबार अन्तेष्टि

    एजेन्सी

    निधन भएको तीन दिनपछि मंगलबार बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरिरलाई भारत ल्याउने अनुमति प्राप्त भएको छ।  सरकारी वकिलको अनुमति प्राप्त भएपछि उनलाई भारत ल्याउन लागिएको हो। दुबई पुलिसले श्रीदेवीको निधनसँग सम्बन्धित केसलाई बन्द गरेको छ परिवारले श्रीदेवीको पार्थिव शरिर बुझिसकेका छन्।

    श्रीदेवीका भतिजा सौरभ मल्होत्राले बुझेका हुन्। श्रीदेवीका पति बोनी कपुर पनि आफ्ना छोरा अर्जुन कपुरसँग दुबईमै छन्।

    मंगलबार साँझ सम्म श्रीदेवीको शरिरलाई भारत ल्याइसकिने भारतीय संचारमाध्यमले जनाएका छन्। गत शनिबार राती ११ बजे श्रीदेवीको निधन भएको थियो। सुरूमा उनको निध्न हृदयघातबाट भएको बताइएपनि फरेन्सिक जाँच पछि भने उनको बाथटबमा डुबेर निधन भएको तथ्य सार्वजनिक भएको थियो। फरेन्सिक जाँचका अनुसार अनियन्त्रित भइ पानी भरिएको बाथरूमको बाथटबमा लडेपछि डुबेर उनको निधन भएको थियो।

    उनी एक पारिवारिक विवाह समारोहमा भाग लिन दुबई गएकी थिइन्। बुधबार उनको अन्तिम संस्कार गरिनेछ। दुबईको स्थानिय कानुनी प्रक्रियाले उनको शव ल्याउन ३ दिनको समय लागेको हो।

     

    Share:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij