सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

बुर्किना फासोको राजधानी औगादोगुमा आतंककारी आक्रमण, १६ जनाको मृत्यु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १९, २०७४



  • काठमाडौं, फागुन १९ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

    काठमाडौं, फागुन १९ । अफ्रिकी मुलुक बुर्किना फासोको राजधानी औगादोगुमा भएको आतंककारी आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

    औगादोगुमा रहेको फ्रान्सेली दूतावास र सैन्य मुल्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणमा ८ सुरक्षाकर्मी र ८ आक्रमणकारी गरी १६ जनाको मृत्यु भएको छ ।

    घटनामा सर्वसाधारणसहित ८० जना घाइते भएका छन् । बुर्किना फासोका सुरक्षामन्त्री क्लेमेन्ट सावाडोगोले सैन्य मुख्यालयमा क्षेत्रीय आतंकवाद नियन्त्रणसम्बन्धी बैठक भइरहेका बेला आत्मघाती कार बम आक्रमण भएको बताए ।

    आक्रमणबाट सैनिक मुख्यालयमा केही क्षति भएको छ । फ्रान्सका विदेशमन्त्री जेन–एभ्स–ले ड्रायनले पनि यो आतंककारी घटना नै भएको बताएका छन् । उनले घटनामा संलग्नहरुको तत्काल पहिचान गरिने बताएका छन् ।

    बुर्किनाफासोको राजधानीमै दुई वर्षभित्र भएको यो तेस्रो आतंककारी आक्रमण हो । यसअघिका दुई वटा घटनामा इस्लामिक अतिवादी समूहको संलग्नता रहेको खुलासा भएको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij