शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुनिलको को होला त्यो ३ सार्वजनिक, यस्तो छ सिक्किममा खिचिएको भिडियो

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २४, २०७४



  • काठमाडौं । गायक सुनिल गिरीले को होला त्यो ३ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    को होला त्यो मसँग आँखा जुधाउने, नचिनेनि मसँग अलि लजाउने.. बोलको गीत र को होला त्यो २ (तिमि आउँछौं कि भनी मत कुरीरहेको लाकुरी फेदमुनि, झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआको किन होनि ?) को सफलतापछि उनले त्यसलाई निरन्तरता दिँदै को होला त्यो ३ सार्वजनिक गरेका हुन् । (भिडियो हेर्न गीतको बोलमा क्लिक गर्नुहोस्)

    पहिलो गीतको भिडियोदेखि तेस्रो गीतसम्म मोडल पल शाहले अभिनयमा निरन्तरता दिएका छन् । पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठको अभिनय रहेको छ । को होला त्यो ३ को भिडियोमा भने पल र क्रिष्टिना थापाको मूख्य अभिनय छ ।

    ‘टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा, आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा..’ बोलको गीत सुनिलले सार्वजनिक गरेका हुन् ।

    गीतमा गायक सुनिलकै शब्द, संगीत र आवाज रहेको छ भने उनलाई टिका गुरुङ र बेनुका राइले गायनमा साथ दिएका छन् । गीत ‘यो मन’ एल्बममा समावेश छ ।

    सिक्किममा विभिन्न मनमोहक स्थानमा खिचिएको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायक सुनिलले बताए ।

    अनिल के मानन्धरको निर्देशन र छायाँकनमा भिडियो तयार भएको हो ।

    भिडियो हेर्नुहोस्ः 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij