शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सामसङको एस नाइन र एस नाइन प्लस नेपालमा, यस्तो छ मूल्य

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४



  • सामसङले एस नाइन र एस नाइन प्लस नेपालमा सोमबार सार्वजनिक गर्ने भएको छ।

    यी दुई स्मार्टफोन करिब १५ दिनअघि मात्रै स्पेनमा सम्पन्न फोन कम्पनीहरुको कुम्भ मेला मानिने ‘मोबाइल वल्र्ड काँग्रेस’ मा सार्वजनिक भएका थिए। सामसङले नेपालमा छिटै उक्त फोन ल्याउने तयारी गरेको जनाएको छ।

    अन्तराष्ट्रिय बजारमा भने यी फोन चैत २ गतेबाट उपलब्ध हुनेछन्।

    कम्पनीका अनुसार यि स्मार्टफोन सोमबार सार्वजनिक गरिएपनि बजारमा आउन भने थप केहि दिन लाग्ने र चैत भित्रमा ग्राहकले किन्न पाउने कम्पनीले जनाएको छ।

    यद्यपी फोनको बुकिङ भने सोमबारबाटै सुरु हुने सामसङले जनाएको छ। कम्पनीबाट प्राप्त जानकारी अनुसार एस नाइनको मूल्य ८७ हजार ९ सय तथा एस नाइन प्लसको ९९ हजार ९ सय तोकिएकोे छ।

    दुबै फोन ६४ जीबी भेरियन्टमा उपलब्ध हुनेछन्।

    एस नाइन

    एस नाइनमा ५.८ इन्चको सुपर एमोलेड स्क्रिनका साथ आएको छ। फोनमा एन्ड्रोइड् ओरियोको अपरेटिङ सिस्टम, स्नापड्रागन ८४५ प्रयोग गरिएको छ।

    फोनमा ३ हजार एमएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। फोनमा फास्ट चार्जिङ सिस्टम समेत रहेको कम्पनीको दाबी छ।

    फोनको पछाडितर्फ एफ/१.५ र एफ/२.४ अपेचरसहित १२ मेगापिक्सेलका दुई वटा क्यामरा छन्। यसमा सेल्फीका लागि एफ/१.७ अपेचर लेन्स सहितको ८ मेगापिक्सेलको क्यामरा दिइएको छ।

    पानी र धुलो प्रतिरोधात्मक यो फोन ४ जीबी र्याम तथा ६४ जीबीको इन्टरनल स्टोरज भेरियन्टमा उपलब्ध हुनेछ।

    फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स समेत अटाएका छन्।

    यस फोन कालो रंगमा उपलब्ध हुनेछ।

    एस नाइन प्लस

    एस नाइन प्लसको डिस्प्ले साइज एस नाइनको भन्दा ठूलो रहेको छ। फोनमा ६.२ इन्चको स्क्रिन छ।

    फोनमा ६ जिबी र्याम छ भने ६४ जीबीको इन्टरनल स्टोरजमा बजारमा उपलब्ध हुनेछ।

    यसबाहेक फोनको पछाडि एफ/१.५ अपेचर लेन्सको १२ मेगापिक्सेल र एफ/२.४ अपेचर लेन्सको १२ मेगापिक्सेल गरी दुई वटा क्यामरा छन्।

    फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा दिइएको छ। यसमा एन्ड्रोइड ओरियोको अपरेटिङ सिस्टम र स्नापड्रागन ८४५ समावेश गरिएको छ। यसका साथै फोन पानी र धुलो प्रतिरोधात्मक छ।

    फास्ट चार्जिङको सुविधासहित फोनमा ३ हजार ५ सय एमएएच पावर क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

    फोन कालो, निलो र पर्पल गरी तीन वटा रंग भेरियन्टमा उपलब्ध हुनेछ।

    यि बाहेक फोनमा दुई वटा सिम लाग्ने, फोरके भिडियो रेर्कडिङ, बिक्सबी, आइरिस स्क्यानर, फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर्स रहेको छ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij