प्रकाशित मिति : मङ्लबार, फाल्गुन २९, २०७४
चर्चित गायक उदित नातायण झाका छोरा आदित्य नारायणलाई मुम्बईको बर्सोवा प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। उनले चलाइ रहेको गाडीले एक रिक्सालाई ठक्कर दिएपछि प्रहरीले पक्राउ गरेको हो। मुम्बईको अन्धेरीमा आदित्यले चलाइरहेको गाडीले उक्त रिक्सालाई ठक्कर दिएको हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ।
उनी विरूद्ध प्रहरीले इन्डियन पेनल कोडको ३३८ तथा २७९ आइपिसी अन्तरगत केस दर्ता गरेको छ। पछिल्लो पटक उनी विमानस्थलका कार्मचारीसँग विवाद गरिरहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij