आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुसले २३ जना बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने

  • प्रकाशित मिति : शनिबार, चैत्र ३, २०७४



  • काठमाडौं, चैत ३ । रुसले २३ जना बेलायती कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

    रुसी विदेश मन्त्रालयले मस्कोस्थिति बेलायती दूतावासमा रहेका कूटनीतिक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गर्ने र एक हप्ताभित्र देश निकाला गर्ने जनाएको छ ।

    बेलायतले आफ्ना २३ जना कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको प्रतिक्रियास्वरुप रुसले यस्तो निर्णय गरेको हो ।

    रुसका पूर्वगुप्तचर सर्गेइ स्क्रिपाल र उनकी छोरी युलिया स्क्रिपालमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग भएको घटनामा बेलायतले रुसमाथि आरोप लगाएको छ । रुसले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

    रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसमा रहेको ब्रिटिस काउन्सिल पनि बन्द गरिने र सेन्ट पिटर्सवर्गमा बेलायती कन्सुलेट खोल्ने अनुमति पनि फिर्ता लिने उल्लेख गरिएको छ ।

    बेलायतले रुसी कूटनीतिज्ञहरुलाई बेलायत छाड्न एक हप्ताको समय दिएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij