आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘शत्रु गते’ शुक्रबार रिलिज हुँदै, हरिवंश भन्छन्– ‘फिल्मले हसाउँछ–रुवाउँछ’

  • प्रकाशित मिति : बिहिबार, चैत्र ८, २०७४



  • काठमाडौं, चैत ८ । प्रतिक्षित फिल्म ‘शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ ।

    फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा खुल्ला गरिएको बुकिङ राम्रो देखिएको छ । सार्वजनिक गीत तथा ट्रेलरको कारण धेरैका लागि चासो बनेको यो फिल्म प्रदर्शन हुने मिति नजिकिएसँगै निर्माण टिम उत्साहित बनेको छ ।

    फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ । यससँगै फिल्मले राजधानीका सिंगल हलमा पनि राम्रो शो पाएको छ ।

    फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

    यसमा छायांकन दिर्घ गुरुङको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य यस चलचित्रका निर्माता हुन् ।

    हरिबंश आचार्य : फिल्मको बुकिङ खुलिसकेपछि दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौं । हामीले आफ्नो काम राम्रो गर्ने कोशिस गरेका छौं र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छौं जस्तो लाग्छ । फिल्म शुक्रबार रिलिज हुँदैछ । फिल्मलाई हामीले मनोरञ्जनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौं । फिल्मले हसाउँछ, रुवाउँछ ।

    किरण केसी : बुकिङ राम्रो भएको छ, साथै हामीले हल संख्या पनि राम्रो पाएका छौं । जसरी गीतसंगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ, त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त छौं । हामीले हाम्रो अनुभवअनुसार दर्शकले रुचाउने किसिमले नै फिल्म तयार पारेका छौं ।

    प्रदीप भट्टराई : मैले फिल्मलाई मदन दाइ, हरि दाइको फ्यानसँगै दीपक दाइ, दीपा दि, प्रियंका, पल, आँचल सबैको फ्यानलाई हुने गरि बनाउने कोसिस गरेको छु । मैले स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको छु । कथा अरुभन्दा फरक होइन, केवल प्रस्तुतिलाई रमाइलो बनाउने कोसिस गरेका छौं । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij