आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरियाली शासक किम जोङ उन चीन भ्रमणमा ?

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १३, २०७४



  • काठमाडौं, चैत १३ । उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको उसका छिमेकी मुलुकहरुको अड्कलबाजी व्यापक बढेको छ ।

    अचानक चीनको बेइजिङ पुगेका वरिष्ठ उत्तर कोरियाली अधिकारी नै किम रहेको जापान र दक्षिण कोरियाले पुष्टि गर्ने प्रयास गरेका छन् ।

    जापानी सन्चारमाध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत् उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यसक्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेका छन् ।

    यस्तो तहको सुरक्षा व्यवस्था कुनै महत्वपूर्ण मानिसका लागिमात्र व्यवस्था हुने गरेको ‘साउथ चाइना मर्निङ पोस्ट’ले जनाएको छ ।

    टोकियो ‘बेस’को ‘निप्पोन न्यूज नेटवर्क’ले किमका बुवा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीर सार्वजनिक गरेको छ । सो भ्रमण सकिएपछिमात्र किम जोङ इलको भ्रमणको पुष्टि भएको थियो ।

    अमेरिकी सन्चारमाध्यम ‘ब्लूमबर्ग’ले पनि बेइजिङ जाने किम नै भएको जनाएको छ ।

    दक्षिण कोरियाले भने उत्तर कोरियाली अधिकारीको पहिचान हुन नसकेपछि सावधानीपूर्वक अवस्थालाई नियालिरहेको जनाएको छ ।

    यदि बेइजिङ पुग्ने किम नै हुन् भने सन् २०११ मा सत्तामा आएपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।

    उत्तर कोरिया र चीन भने यस विषयमा अहिलेसम्म मौन छन् । चीन उत्तर कोरियाको प्रमुख साझेदार हो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij