शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अनियन्त्रित चिनियाँ अन्तरिक्षयानको अवशेष पृथ्वीको कुन हिस्सामा खस्ला ! ३८ सहर जोखिममा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १६, २०७४



  • लन्डन, चैत १६ । आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ ।

    अनियन्त्रित चिनियाँ अन्तरिक्षयानको अवशेष पृथ्वीको कुन हिस्सामा खस्ला ! ३८ सहर जोखिममा

    ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान सन् २०११ मा अन्तरिक्षमा पठाइएको थियो । पाँच वर्षे मिशन पुरा गरेको यो यान अबको दुई दिनभित्र धर्तीमा खसिसक्ने जनाइएको छ ।

    सम्पर्कविच्छेद भएका कारण यसलाई नियन्त्रणमा ल्याउन नसकिएको वैज्ञानिकहरुको भनाइ छ । केही अन्तरिक्ष यानका अवशेष वायुमण्डलमै नष्ट हुने भए पनि केहीको अवशेष भने धर्तीमा खस्ने गर्दछ । चीनले यो यानका बारेमा अधिक जानकारी नदिएका कारण यो यानको कुन हिस्सा नष्ट हुन नसकि धर्तीमा खस्न लागेको हो भन्ने यकिन गर्न कठिन भएको पश्चिमा मुलुकका वैज्ञानिकहरु बताउँछन् ।

    वैज्ञानिकहरुले एउटा बस बराबरको आकारको हिस्सा धर्तीमा खस्न सक्ने जनाएका छन् ।

    विश्वका ३८ सहर यो यान खस्न सक्ने जोखिममा छन् । तीमध्ये १४ सहर अमेरिकाका छन् ।

    त्यस्तै स्पेन, चीन, मोनाको, फ्रान्स, इटली, न्यूजिल्याण्ड, टर्की, जापान, क्यानाडा, रुस र अर्जेन्टिनाका सहर पनि जोखिममा छन् ।

    हेर्नुहोस्, जोखिममा रहेका सहर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij