आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियामा हवाई आक्रमणको तयारी ! बेलायती वायुसेनाको लडाकु विमान तयारी अवस्थामा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ३०, २०७४



  • वासिंटन, चैत ३० । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा संयुक्त आक्रमणको तयारी गरेका छन् ।

    समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा टिमका सदस्यहरुसँग छलफल गरेका छन् भने फ्रान्सका राष्ट्रपतिसँगसमेत यसबारे छलफल गरेका छन् ।

    त्यस्तै बेलायतको मन्त्रिपरिषदले समेत सिरियामा आवश्यकताअनुसार कारवाहीका लागि प्रधानमन्त्री थेरेसा मेलाई अधिकार दिएको छ । प्रधानमन्त्री मेले मन्त्रिपरिषदका केही सदस्यसँग छुट्टै परामर्श गरेको समेत बताइन्छ ।

                                           बेलायती वायुसेनाको लडाकु विमान तयारी अवस्थामा

    यसअघि युरोपेली एयर ट्राफिक कन्ट्रोलले सिरियाको आकाश हुँदै उडान नगर्न विमान कम्पनीहरुलाई चेतावनी दिइसकेको छ । बिहीबार सिरियाको आकाश ७२ घण्टासम्मका लागि खतरायुक्त रहेको भन्दै विमान कम्पनीहरुलाई त्यस्तो चेतावनी दिइएको हो ।

    बेलायती संचारमाध्यमलले बेलायतको वायुसेनाले लडाकु विमानमा इन्धन भरेको तथा अन्य तयारी सुरु गरेको जानकारी दिएका छन् । केही संचारमाध्यमलले वायुसेनाको अखडामा विमानलाई तयारी अवस्थामा राख्दै गरेको तस्वीरसमेत प्रकाशमा ल्याएका छन् ।

               युरोपेली एयर ट्राफिक नियन्त्रण कार्यालयको चेतावनीपछि विमानले रुट डाइभर्ट गरेको परिदृष्य 

    सिरिया सरकारले रुसको सहयोगमा सिरियाली नागरिकमाथि दमन गरेको तथा घातक रासायनिक हतियार प्रयोग गरेको आरोप अमेरिका, बेलायत र फ्रान्सले लगाउँदै आएका छन् । सिरियाले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

    सिरिया मामिलामा रुस र अमेरिकाबीच समेत पछिल्लो समय तनाव उत्पन्न भएको छ । रुसले कुनै पनि समय सिरियाको मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रसँग युद्ध हुन सक्ने बताइसकेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij