आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संगीतमा कसरी आए र्‍यापर निर्णय श्रेष्ठ ? मिस नेपाल इन्टरनेसनल रोनालीसँग यस्तो छ ‘केमिष्ट्रि’

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • काठमाडौं, बैशाख ६ । र्‍याप र पप संगीतको दुनियामा निर्णय श्रेष्ठलाई नचिन्ने को होलान र ? काठमाडौंको बालुवाटार निवासी निर्णय एनएसकेका चर्चित र्‍यापर हुन ।

    पर्साको वीरगंजमा जन्मेका निर्णयले वि.स.२०५६ सालमा र्‍यापर यूनियन भन्ने समुहबाट पहिलो एल्बम बजारमा पठाएका थिए । ‘फोर यू अल’ नामक अंग्रेजी एल्बममा १६ वटा गीतहरु कैद गरेर बजारमा पठाएको बताउँछन् ।

    उक्त एल्बमका गीतहरुमा ब्रिङ द हाउस डाउन, जिलिलि जस्ता गीतहरु हिट भएका थिए ।

    ‘ब्रिङ द हाउस डाउन’ नामक नेपालको पहिलो हिपहप कार्यक्रम ईमेज एफएम मार्फत चलाउने व्यक्ति पनि उनै निर्णय हुन ।

    त्यो कार्यक्रमले अहिलेका चर्चित र्‍यापरहरुको जन्म गराएको मानिन्छ ।

    पछिल्लो समयमा नेपाली र्‍यापरहरुको संख्या दिन प्रतिदिन थपिदैछ । यसको मुख्य श्रेय उनै निर्णयलाई जान्छ । विगत २० वर्ष यता उक्त कार्यक्रम ईमेज एफएम मार्फत प्रसारण हुँदै आएको छ ।

    नेपालमा मात्र होइन अमेरीकीहरु निर्णयलाई ‘नेपाली ह्यामर’ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्छन् ।

    अमेरिकामा खुब चर्चा कमाएका अमेरिकी र्‍यापर याम.सि ह्यामर थिए । त्यसैले पनि निर्णयको उत्कृष्ट प्रस्तुति र गायकीपनलाई लिएर खुब चर्चा र प्रसंशा हुने गर्दथ्यो ।

    निर्णयले स्वर दिएको ‘म नेपाली’, ‘हाम्रो गाउँले जीवन’, ‘ह्याप्पी वर्थडे’ लगायतका दर्जनौ गीतहरुले नेपाली दर्शकहरुको मन जित्न सफल छ ।

    त्यति मात्र होइन निर्णयले देशका विभिन्न स्थानमा पुगेर जीवन जगका रुपमा शिक्षा हो भन्ने सन्देश प्रवाह गर्दै आएका छन् ।

    उनले विद्यार्थीहरुलाई घरको जग बलियो बन्नुपर्छ भन्ने मान्यता भएजस्तै शिक्षा नै जीवनको मुख्य जग हो भन्ने महत्वपूर्ण सन्देश प्रवाह गर्ने अभियान सञ्चालन समेत गर्दै आएका छन् ।

    ‘टुर फर यजुकेशन’ नामक अभियानलाई सन् २००६ बाट आजका दिनसम्म निरन्तरता दिदै आएका छन् ।

    नेपालको पहिलो र्‍यापर पुस्ताको सूचिमा पर्ने निर्णयले यस अभियानको दौरानमा टिकटको साटो आफ्ना सन्देश मुलक सांगीतिक प्रस्तुतिहरुमा विद्यार्थीहसँग शैक्षिक साम्रगीहरु संकलन गर्दै आईरहेका छन् ।

    यसको भित्री रहस्य चाहि फरक छ । प्रत्येक विद्यार्थीहरुबाट प्राप्त शैक्षिक साम्रगीले पढ्नबाट वञ्चित बालबालिकालाई प्रदान गर्ने र बालबालिको शैक्षिक भविष्य उज्वल पार्ने निर्णयको मुख्य लक्ष्य हो ।

    निर्णयले भने,‘एउटा विद्यार्थीसँग एउटा मात्रै शैक्षिक साम्रगी संकलन गर्ने गरिन्छ, त्यसको पनि फरक सन्देश छ, मैले एउटा विद्यार्थीसँग एउटा मात्रै कापी कलम संकलन गर्नुको अर्थ थोपा थोपा मिलेर समुन्द्र बन्छ भने जस्तै हो, पढ्नबाट वञ्चित बालबालिकाको लागि हामी एक विद्यार्थीको पनि महत्वपूर्ण भूमिका छ भन्ने विद्यार्थीहरुमा पर्छ, अर्को तर्फ सानै देखि विद्यार्थीहरु सामाजिक बन्न सिक्छन्, हाम्रो लक्ष्य पनि सामाजिक समानता, भातृत्वपूर्ण र प्रेमील समाज निमार्ण गर्नु हो ।’

    उनले अघि थपे,‘मेरो अभियान रि साईकल हो, अर्को अर्थमा एउटा चक्र हो, प्रसस्त मात्रमा पढ्न पाउदै गरेका विद्यार्थीहरुले एउटा सामग्री प्रदान गर्छन्, उता पढ्नबाट वञ्चित विद्यार्थीले पढ्न पाउछ, अर्को तर्फ बालबालिका वा विद्यार्थी सामाजिक बन्छन् र सुन्दर समाजको निमार्णको चक्र शूरु हुन्छ, जसले हाम्रो मुलुक समृद्ध र विकसित बनाउनमा सहयोग गर्छ ।’

    निर्णयले आजका दिनसम्म १० लाख भन्दा बढि शैक्षिक साम्रगीहरु संकलन गरेर वितरण समेत गरिसकेको बताउँछन् । आगामी दिनहरुमा समेत यो अभियानलाई जारि राख्ने उनको लक्ष्य छ ।

    निर्णयको ‘एक नेपाल’ नामक छैंटो गीति एल्बम केही दिनमै ८ जिबिको पेनड्राईभमा बजारमा आउने जानकारी दिएका छन् ।

    उक्त एल्बममा पुराना नयाँ गरेर १६ वटा गीतहरु समावेश गरिएका छन् ।

    समावेश गीतहरु मध्ये सुन बोलको गीतको भिडियोमा मिस नेपाल ‘ईन्टरनेशनल’ सन् २०१८ कि विजेता रोनालीको अभियन रहेको छ । निर्णयलाई स्वरमा प्रिति कुँवरले साथ दिएकी छन् ।

    भिडियो

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij