आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

  • प्रकाशित मिति : बिहिबार, बैशाख ६, २०७५



  • जाकार्ता, वैशाख ६ । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अरु २१ जना घाइते भएका छन् ।

    यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

    प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेकाअनुसार यस भूकम्पका कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।

    घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

    स्थानीय समयानुसार बुधबार अपराह्न १३ः२८ बजे आएको यो भूकम्प ४.४ म्याग्निच्यूडकोमात्र भएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    तर, भूकम्पको केन्द्रविन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ ।

    यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुईओटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ ।

    भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा सयौंको संख्यामा उद्धारकर्ता, सेना र स्थानीय बासिन्दाले सहयोग गरिरहेको समाचारमा उल्लेख छ । इन्डोनेसिया बारम्बार भूकम्पले सताउने देशको सूचीमा पर्दछ । रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij