प्रकाशित मिति : बिहिबार, बैशाख १३, २०७५
भोलि शुक्रबार रिलिज हुने ‘ह्याप्पी डेज’ले नयाँ गीत रिलिज गरेको छ । फिल्ममा समाविष्ट ‘सुस्त यो…’ बोलको रोमान्टिक गीत रिलिज गरिएको हो। गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको प्रेमपललाई प्रस्तुत गरिएको छ ।
संचारकर्मी नरेश भट्टराईको शब्दमा ताराप्रकाश लिम्बूले संगीत भरेको गीतमा दीपा लामा र ताराप्रकाशकै स्वर छ ।
मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ र प्रियंकाका अलावा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।
साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिरल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij