आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चीनमा छुरा प्रहार गरी सात विद्यार्थीको हत्या, १२ घाइते

  • प्रकाशित मिति : शनिबार, बैशाख १५, २०७५



  • चीनको सानसी प्रान्तमा एक स्कुलबाहिर एकजना व्यक्तिले छुरा प्रहार गरी सातजना विद्यार्थीको हत्या गरेका छन् ।

    विद्यालयबाट घर फर्किरहेका विद्यार्थीमाथि गरिएको आक्रमणमा अरु १२ जना घाइते भएका छन् ।

    मारिनेमा पाँचजना छात्रा र दुई छात्र रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । घाइते हुनेमा ९ छात्रा र दुई छात्रा छन् ।

    स्थानीय समयअनुसार शुक्रबार साँझ गरिएको आक्रमणमा मृत्यु तथा घाइते भएका सबै १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी हुन् ।

    ‘बदला लिन’ गरेको सो आक्रमणमा सहभागी रहेको आरोपमा प्रहरीले मिझी काउन्टी गाउँ निवासी झाओ थरका २८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । झाओ सोही विद्यालयका पूर्वविद्यार्थी रहेको बताइएको छ ।

    प्रारम्भिक अनुसन्धानअनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्नेक्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको बताएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij