आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकाको हवाइमा ज्वालामुखी विस्फोटको दोस्रो दिन गयो शक्तिशाली भूकम्प

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०७५



  • अमेरिकाको हवाइस्थित विशाल टापुमा ज्वालामुखी विस्फोटको दोस्रो दिन शक्तिशाली भूकम्प गएको छ ।

    ज्वालामुखी गएको दक्षिण पूर्वी क्षेत्रमा शनिबार ६.९ म्याग्निच्यूडको भूकम्प गएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

    अमेरिकी इतिहासमा यो सन् १९७५ पछिकै सबैभन्दा ठूलो भूकम्प हो ।

    भूकम्पलगत्तै केही समय विद्युत् सेवा अवरुद्ध भएको थियो भने मानिसहरुलाई घरबाहिर सुरक्षित स्थानमा जान सूचित गरिएको थियो ।

    ३० मिटर उचाइसम्म विस्फोट भएको ज्वालामुखीका कारण धेरै घरहरु ध्वस्त भएका छन् ।

    ज्वालामुखीका कारण हावामा खतरनाक सल्फर डाइअक्साड ग्यासको सतह बढे पनि प्रभावितहरुलाई सहयोग गर्न आपत्कालीन सेवाका कर्मचारी पनि उपलब्ध नहुने बताएको छ ।

    ज्वालामुखी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij