आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियामा महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने, सत्तारुढ गठबन्धन पराजित

  • प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५



  • क्वालालम्पुर, वैशाख २७ । मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ ।

    निर्वाचन परिणामसँगै आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

    २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो ।

    ६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल (बीएन) गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरु बदलाभन्दा कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

    महाथिर पनि बारिसन नेशनल दलबाटै यसअघि प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । तर पछिल्लो समय उनी भ्रष्टाचारलगायतका मुद्दामा उनले प्रधानमन्त्री नजीब रजाकको कडा आलोचना गर्दै विपक्षी गठबन्धन बनाएका थिए ।

    चरम भ्रष्टाचारमा डुबेका रजाकले पद छाड्न अस्वीकार गर्दै महाथिरलाई नै अटेर गरेपछि उनी विपक्षी गठबन्धनसँग मिलेर चुनावमा होमिएका हुन् ।

    रजाकको पार्टीले भने जम्मा ७९ सीटमा मात्र जितेको छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij