आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ मा पहिलो पटक महिलालाई निर्देशकको जिम्मेवारी

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४, २०७५



  • वासिंटन, जेठ ४ । अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ले पहिलो महिला निर्देशक पाएको छ ।

    राष्ट्रपति डोनल्ड ट्रम्पले जिना ह्यास्पेललाई निर्देशकमा नियुक्त गर्न गरेको सिफारिश अमेरिकी सिनेटले अनुमोदन गरेको हो ।

    यसअघि उनी सीआईएको उपप्रमुख थिइन् । आफ्नो कार्यकालमा उनी अधिकांश समय एक गोप्य एजेन्टको भूमिकामा थिइन् ।

    सन् २००१ सेप्टेम्बरमा अमेरिकामा गरिएको आतंकवादी आक्रमणपछि संदिग्ध आतंककारीमाथि सोधपुछका क्रममा क्रुर प्रविधि प्रयोग गरी यातना दिएको भन्दै उनको अलोचनासमेत भएको थियो ।

    ह्यास्पेलले सन् २००१ को सेप्टेम्बर आक्रमणपछि थाइल्याण्डस्थित एउटा भूमिगत कार्यालयको जिम्मेवारी पाएकी थिइन् । उनले अफ्रिका, युरोपलगायत विश्वका विभिन्न मुलुकमा सीआइए एजेन्टका रुपमा काम गरिसकेकी छन् ।

    यसअघिका सीआइए प्रमुख माइक पोम्पेओ विदेशमन्त्री बनेपछि रिक्त पदमा गरिएको यस नियुक्तिप्रति रिपब्लिकन सिनेटर जोन मक्केनले नै विरोध गरेका थिए ।

    ह्यास्पेलसँग सिआइएमा ३३ वर्ष काम गरेको अनुभव छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij