आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ४, २०७५



  • सोल, जेठ ४ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।

    उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठकसमेत सोही सैन्य अभ्यासका कारण उत्तर कोरियाले एकतर्फीरुपमा स्थगित गरेको थियो ।

    बुधबार दक्षिण कोरियामा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात् स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको थियो । त्यसपछि अर्काे बैठककाबारेमा केही निर्णय पनि भएको छैन ।

    सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ ।

    दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर, सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।

    दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक अभ्यास सुरु भएको समाचारपछि नै उत्तर कोरियाले त्यसको विरोध गर्दै आएको छ ।

    सो सैनिक अभ्यासले दुई कोरियाबीच गएको अप्रिल २७ मा भएको शान्ति–सम्झौताको पनि उल्लंघन गरेको उत्तर कोरियाको भनाइ छ ।

    उता, उक्त सैनिक अभ्यास तत्कालै अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक पनि नगर्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको छ ।

    उक्त बैठकअगावै उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीहरुबीच बुधबार बैठक हुने भनिएको थियो । तर, सो बैठक उत्तर कोरियाका कारण हुन सकेको छैन ।

    गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक वार्ता र शान्ति–सम्झौता भएको थियो ।

    उत्तर कोरियाले अप्रिल २७ को शान्ति–सम्झौताको कार्यान्वयनको सुरुआत गरिसकेको जनाएको छ । उत्तरले आफूले आणविक शस्त्र उत्पादन र परीक्षणको काम पनि स्थगित गरेको जनाएको छ ।

    उत्तर कोरियाको यो प्रतिक्रियापछि दक्षिण कोरियाले भने सो वार्ता गर्न दबाब दिने र उत्तरसँगको वार्तालाई कायमै राख्ने जनाएको छ ।

    सैन्य अभ्यासको विषयलाई लिएर अमेरिकाको भने कुनै प्रतिक्रिया आएको छैन । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij