प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०७५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोङ उनबिच आउदो जुन १२ मा सिंगापुरमा हुने भनिएको शान्ति वार्ता रद्द भएको ह्वाइट हाउसले जनाएको छ। अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हस्ताक्षर गरेर सार्वजानिक गरिएको पत्रमा जनाइएको छ ‘तपाइहरुको लगानी, प्रयास र सहयोगपछी उत्तर कोरियाले जुन १२ मा सिंगापुरमा वार्ता गर्न गरेको आग्रह लगत्तै अहिले फेरी उत्तर कोरियाद्वार बार्ता अनुपयुक्त ठानिएकोले वार्ता रद्द गरेका छौ।’
उत्तर कोरियाका शाकसको नाममा लेखिएको उक्त पत्रमा अमेरिकि राष्ट्रपति डोनाल्ड ड्रम्पले अगाडी बताएका छन ‘तिमिले आफ्नो आणविक हतियारको मात्र कुरा गरिरहेका छौ। आणविक हतियारमा तिमि भन्दा हामी बढी बक्तिशाली छौ। तर यो कहिल्यै प्रयोग गर्न नपरोस भन्ने प्रथना गर्न चाहन्छु।’
ह्वाइट हाउसद्वारा पठाएको पत्रमा ट्रम्पले ‘उत्तर कोरियाली शासकले वार्ता गर्न चाहेमा कुनै पनि बेला आफुलाइ पत्र पठाउन वा फोन सम्पर्क गर्न’ भनेका छन।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij