आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यानडास्थित भारतीय रेष्टुरेण्टमा विष्फोट हुँदा १५ जना घाइते

  • प्रकाशित मिति : शनिबार, जेष्ठ १२, २०७५



  • क्यानडाको टोरन्टो नजिकै रहेको एउटा भारतीय रेष्टुरेण्टमा बिहीबार राति गराइएको विष्पोटका कारण कम्तीमा १५ जना घाइते भएका क्यानाडाको प्रहरीले जनाएको छ ।

    टोरन्टोदेखि पश्चिममा रहेको मिसिसाउगा शहरी क्षेत्रमा रहेको रेष्टुरेण्टमा भएको विष्फोटमा परी घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको क्यानडाली अधिकारीले बताएका छन् ।

    ‘दुईजना नकावधारी पुरुष बम्बई भेल रेष्टुरेण्टमा प्रबेश गरी विष्फोटक पदार्थ राखेर भागेका प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको छ,’ पिल क्षेत्रका सर्जेन्ट माट बेट्रामले बताए ।

    विष्फोटक पदार्थ राखिएको केही समयमै विष्फोट भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले सञ्चारकर्मीलाई बताएका थिए । त्यहाँको प्रहरीले ती दुई नकाबधारीहरूको तीब्र खोजी कार्य गरिरहेको पनि जनाएको छ।

    Image result for blast in canada

    ‘हामीसँग घटना आतङ्कवादी आक्रमण वा वदलाको भावले गरिएको आपराधिक आक्रमण हो भन्ने जानकारी भैसकेको छैन,’बेट्रामलाई उद्धृत गर्दै क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ ।

    घटनाबारे छानविन भइरहेकोले यस विषयमा तत्काल अरू जानकारी दिन नसकिने उनले जानकारी दिएका हुन् ।

    आक्रमणकारीले विष्फोटक पदार्थ छोडेर भाग्दा केही नभनेका पाइएकोे बेट्रामले बताए ।

    उनीहरू एकाएक ग्राहकको रूपमा रेष्टुरेण्ट प्रवेश गरी विष्फोटक पदार्थलाई भुँईमा राखी भागेका बताइएको छ,’ उनले थपे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij