आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २१, २०७५



  • काठमाडौं, जेठ २१ । सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् ।

    उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले असद उत्तर कोरियाको भ्रमणमा आउने तयारी भइरहेको जनाएको हो ।

    उसले नेता किम जोङ उनले सन् २०११ मा मुलुकको कार्यभार सम्हालेपछि पहिलो पटक कुनै पनि देशका प्रमुख नेतालाई स्वागत गर्ने जनाएको छ ।

    पछिल्ला दिनमा किम जोङ उनले कूटनीतिक माध्यममा बढी सक्रियता देखाएका छन् ।

    उनले गत मे मा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए भने यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दै छन् ।

    राष्ट्रपति असदको उत्तर कोरिया भ्रमणका विषयमा सिरियाले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । सिरियालाई उत्तर कोरियाको सहयोगी देशको रुपमा हेर्ने गरिएको छ ।

    दुई देशबीच रासायनिक हतितयारका विषयमा आपसमा सहयोग गरेको आरोप लाग्ने गरेको छ । तर, त्यसलाई दुवै देशले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

    उत्तर कोरियाली समाचार एजेन्सीले असदको भ्रमणको मिति भने तय नभइसकेको जनाएको छ । उसले असदले किम जोङ उनसँग भेट्न उत्तर कोरिया जाने तयारी गरिरहेको मात्र जनाएको छ ।

    असदले किम जोङ उनले कुनै असफलता विनै अन्तिम जित हासिल गर्ने र दुई कोरिया एक हुने बताएको पनि एजेन्सीले जनाएको छ ।

    उत्तर कोरियाले सन् १९६६ मा सिरियासँग राजनीतिक सम्बन्ध कायम गरेको थियो ।

    अरब–इजरायल संघर्षका बेला सन् १९७३ मा उसले आफ्ना सैन्य दस्ता र हतियार सिरियामा पठाएको थियो ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij