आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जापानमा बुलेट ट्रेनभित्र अन्धाधुन्ध चक्कु प्रहार, एकको मृत्यु, दुई घाइते

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०७५



  • काठमाडौं, जेठ २७ । जापानमा तीब्र गतिको एक बुलेट ट्रेनमा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरी हत्या गरेका छन् ।

    चक्कु आक्रमणबाट एक जना मारिनुका साथै अरु दुईजना भने घाइते भएका छन् ।

    आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको जापानी प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले खबर दिएका छन् ।

    टोकियोबाट ओसाकाका लागि छुटेको तीब्र गतिको उक्त रेलमा गएराति १० बजे घटना भएको हो । घटना भएको समयमा रेलमा ८ सयभन्दा बढी यात्रु थिए ।

    घाँटीमा चक्कु प्रहार गरिएका पुरुष यात्रीलाई अस्पताल लगिएको र त्यही मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

    घाइते अरु दुईजना महिला हुन् । इचिरो कोजिमा नाम गरेका २२ वर्षका व्यक्तिले आक्रमण गरेको आशंकामा पक्राउ गरिएको छ ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij