आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब लाइसेन्स बने-नबनेको थाहा पाउन यातायात कार्यालय धाउनु नपर्ने

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०७५



  • ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा हुनुहुन्छ ?

    यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा लाइसेन्स पर्न सकेको छैन।

    लाइसेन्सको अन्यौलता मात्रै होइन, लिखित परीक्षाको परिणाम थाहा पाउन पनि यातायात कार्यालयका बिचौलियालाई पैसा दिनुपर्ने बाध्यता रहँदै आएको छ।

    यो समस्यासहित लाइसेन्सको अन्यौलता हटाउन यातायात व्यवस्था विभागले घरबाटै जानकारी लिन सक्नेगरी एसएमएसको व्यवस्था गरेको छ।

    ट्रायल पास भएको ८/१० महिनासम्म पनि हातमा लाइसेन्स पर्न नसकेको अवस्थामा लाइसेन्सको जानकारी लिनको लागि कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको हो।

    अब लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन LC (space) Applicant ID टाइप गरी ३१००३ मा एसएमएस पठाएर जानकारी पाउन सकिन्छ।

    त्यस्तै विभागले लिखित परीक्षाको नतिजाको लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ। लिखित परीक्षाको नतिजा हेर्न WT (space) Applicant ID टाइप गरी ३१००३ मा पठाएर जानकारी पाउन सकिन्छ।

    सेवाग्राहीलाई कार्यालय धाएर जानकारी लिनु परेकोले यो सेवा सुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले जानकारी दिए।

    ‘लिखित दिने सेवाग्राहीसँग बिचौलियाले फोन गरेर नतिजा भन्दिन्छौँ भन्दै पैसा उठाउने काम बन्द हुन्छ’ उनले भने ‘हाम्रो कमजोरीका कारण लाइसेन्स लिन नपाएका सेवाग्राहीले घरैबाट लाइसेन्स छापिए नछापिएको थाहा पाउन सक्नु हुन्छ।’

    यो सेवाको लागि प्रति एसएमएस ५ रुपैयाँ शुल्क लाग्ने अर्यालले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij