मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

समृद्धिका लागि युवा सिर्जनशीलताको प्रयोग गर्नुपर्छ ः खनाल

  • प्रकाशित मिति : आइतवार, असार ३१, २०७५



  • काठमाडौँ, ३१ असार (रासस) -पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि युवाहरूले जुझारू भावनाका साथ आफ्नो सीप, दक्षता तथा सिर्जनशीलतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

    डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा आज आयोजना गरेको सम्पदा दौड कार्यक्रमको समापनमा उहाँले समाजमा हरेक युवा आफ्नो कार्यमा दक्ष भई अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो ।

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले देशमा पर्यटन विकासका लागि आयोजना गरिएको सम्पदा क्षेत्रको दौड कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

    विश्व सम्पदा क्षेत्र परेकोे स्वयम्भूको भूइँखेलबाट शुरू भएको उक्त कार्यक्रम भीमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, इन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भू परिक्रमा गरेर स्वयम्भू स्तूपामा दौड कार्यक्रम समापन भएको थियो ।

    उक्त कार्यक्रममा बिभिन्न जिल्ला, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितीय र तृतीय हुनुभएका खेलाडीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट पदक र ट्रफी प्रदान गरिएको थियो ।

    नेपालका प्राचीन एवं पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्वसमुदायमा चिनाउने उद्देश्यले सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिनुभयो ।

    उक्त सम्पदा दौड हरेक वर्ष आयोजना गरी स्वदेशी तथा विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij