आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रक्रियाअनुसार चिकित्सा विधेयक अघि बढ्छ ः सचेतक गुरुङ

  • प्रकाशित मिति : शुक्रबार, साउन ११, २०७५



  • काठमाडौँ, ११ साउन  –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिनुभयो ।

    विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने उहाँले बताउनुभयो ।
    आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि ७२ घण्टे संशोधनको प्रक्रिया शुरु हुने जानकारी गराउँदै उहाँले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij