आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तान सरकारबाट एकतर्फी युद्धविरामको घोषणा

  • प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५



  • काठमाडौं । अफगानिस्तान सरकारले तीन महिनाका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको छ ।

    राष्ट्रपति असरफ घानीले मुस्लिमहरुको महान पर्व इद उल जुहा नजिकिएपछि केही समयका लागि युद्धविरामको घोषणा गरिएको बताए ।

    एकतर्फी युद्धविरामको घोषणा गर्दै राष्ट्रपति घानीले तालीवानी बिद्रोहीले पनि युद्धविरामको सम्मान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    राष्ट्रपतिको यो घोषणाप्रति तालीवानी बिद्रोहीले भने कुनै प्रतिक्रिया दिएको छैन ।

    यद्यपी इदकै अवसरका आफ्नो कब्जामा रहेका केही बन्दीले भने रिहा गर्ने तालिवानले स्पष्ट पारेको छ ।

    अफगानी राष्ट्रपतिको यो कदमको विश्वजगतले स्वागत गरेको छ ।

    अमेरिकी गठबन्धन सेना नेटोका महासचिव ऐस स्टोलटेनवर्गले राष्ट्रपति घानीको कदमको स्वागत गर्दै तालिवान बिद्रोहीलाई युद्धबिरामको सम्मान गर्न अपील गरेका छन् ।

    यस्तै अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले युद्धबिरामको स्वागत गर्दै यही समयमा दुबै पक्षबाट शान्ति स्थापनाका लागि पहल गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

    अफगानिस्तानमा गत जुन महिनामा इद उल फित्रको समयमा पनि तीन दिनसम्म युद्धबिरामको घोषणा गरिएको थियो ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij