स्ट्रिम २०० आर मोटरसाइकल उसले हालहालै भारतमा सार्वजनिक गरेको छ।
नेपालमा भने आगामी दशैंको अवसर पारेर सो मोटरसाइकल ल्याउन लागिएको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेडले जनाएको छ। सो मोटरसाइकलको मुल्य नेपालमा भने सार्वजनिक भइसकेको छैन् ।
भारतमा यसको मुल्य ८९ हजार ९ सय ९० भारु तोकिएको छ पल्सर एनएस २०० र अपाची आरटीचार २०० लाई टक्कर दिन हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको हो। भारतमा पल्सर एनएस २०० को १ लाख र अपाची आरटिआर २०० को १ लाख ३ हजार छ।
मोटरसाइकलको विशेषता भनेको यो २ सय सिसिको सिंग्गल सिलिण्डर एयर कुल्ड भएको मोटरसाइकल हो।
नयाँ मोटरसाइकलमा ५ गेयर बक्स छ भने १८ दशमलव ४ बीएचपीको पावर छ । मोटरसाइकलको सर्वाधिक गति एक घन्टामा १ सय १४ किमी रहेको कम्पनीले जनाएको छ।