७० वर्ष पुरानो स्टुडियोमा आवारा, श्री ४२०, मेरा नाम जोकर, बबी जस्ता चर्चित फिल्मको सुटिङ गरिएको थियो। २ एकडमा फैलिएको स्टुडियोमा गत वर्ष एक रियालिटि टिभी शोको सुटिङ जारी रहँदा आगलागी भएको थियो।
आगलागीका कारण राज कपुरले बनाएका फिल्मसँग सम्बन्धित थुप्रै सामान आगलागीमा परि नष्ट भएका थिए। आगलागीपछि ध्वस्त भएको स्टुडियोको पुन:निर्माण आर्थिक दृष्टिकोणबाट फाइदाजनक नहुने भएपछि कपुर परिवार स्टुडियो बेच्ने निर्णयमा पुगेको बताइन्छ।
राज कपुरका छोरा ऋषि कपुरले मुम्बई मिररलाई दिएको एक अन्तरवार्तामा स्टुडियो पुन:निर्माणका बारेमा सोचिएको भएपनि लगानी अनुसारको प्रतिफल दिन स्टुडियोले नसक्ने भएकाले बेच्ने निर्णयमा पुगेको बताए।
स्टुडियोमा आगलागी भएलगत्तै ऋषि कपुरले स्टुडियोको पुन:निर्माण गर्ने प्रतिक्रिया दिएका थिए।
राज कपुरले आर के स्टुडियो सन् १९४८ मा स्थापना गरेका थिए। उनलाई बलिउडमा ठूला ‘शोम्यान’का रूपमा चिनिन्छ।
बलिउडमा कपुर परिवार चार पुस्तादेखि सक्रिय रहँदै आएको छ।