आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिका र मेक्सिकोबीच नयाँ व्यापारिक सम्झौता गर्ने सहमति

  • प्रकाशित मिति : मङ्लबार, भदौ १२, २०७५



  • काठमाडौं, भदौ १२ । अमेरिका र मेक्सिकोबीच २५ वर्षे पुरानो उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सहमति भएको छ ।

    पुरानो सम्झौताप्रति आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सम्झौताको घोषणा गरेका हुन् ।

    ट्रम्पले नयाँ सम्झौता ‘गज्जबको निष्पक्ष’ हुने बताएका छन् ।

    सम्झौताले दुई देशबीचको व्यापारिक सम्पर्कहरूलाई पुनःस्थापित गर्न बाटो खोल्ने अनुमान गरिएको छ ।

    मेक्सिकोमा सत्ता छोड्न लागेका राष्ट्रपति एनरिके पेना निएटोले नयाँ सम्झौताको मस्यौदा अतिसकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित म्यानुयल लोपेज ओब्राडोरले दुईपक्षीय नयाँ सम्झौताका लागि पहिलो कदम भएको बताएका छन् ।

    उनले सम्झौतामा क्यानडा पनि सहभागी हुने आशा व्यक्त गरेका छन् ।

    अमेरिका र मेक्सिकोबीच नयाँ सहमति भएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउबीच छलफल भएको छ ।

    उत्तर अमेरिकाबाहिर बनेका कारका पाटपुर्जा कार निर्माताले प्रयोग गर्न नपाउने प्रस्ताव नयाँ सम्झौताको विवादमा छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij