आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरिया र उसका सहयोगी राष्ट्रलाई अमेरिकी राष्ट्रपतिको चेतावनी

  • प्रकाशित मिति : मङ्लबार, भदौ १९, २०७५



  • news

    वासिंटन, भदौ १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इद्लिवमा अन्धाधुन्ध आक्रमण नगर्न सिरियाली सरकारका साथै उसका सहयोगी रुस र इरानलाई चेतावनी दिएका छन् ।

    ट्वीटरमा चेतावनी दिँदै उनले आक्रमणबाट हजारौं सर्वसाधारण मारिने भन्दै त्यो मानवीयताका हिसाबले गम्भीर भूल हुने उल्लेख गरेका छन् ।

    सिरियामा विद्रोहीको नियन्त्रणमा बाँकी रहेको एउटामात्र प्रान्त इद्लिवमा सेनाले बृहत् आक्रमणको तयारी गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयले सिरियाली सेना र उसको गठबन्धनले रासायनिक आक्रमण गरे त्यसको जवाफ दिने चेतावनी दिइसकेको छ ।

    संयुक्त राष्ट्रसंघले यस्तो कारवाहीबाट हजारौं सर्वसाधारण विरुद्ध विनाशकारी परिणाम निम्त्याउने जनाएको छ । इद्लिवमा करिब १० हजार नुसरा र अल कायदाका जिहादी लडाकु रहेको राष्ट्रसंघको अनुमान छ । सिरियामा सन् २०११ यता राष्ट्रपति बसर अल असदको शासनविरुद्ध सुरु भएको संघर्षका कारण ४ लाखभन्दा बढी मानिस मारिएका छन् भने मुलुकको आधाभन्दा बढी जनसंख्या पलायन भएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij