आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा

  • प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५



  • news

    इस्लामावाद, भदौ २० । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामावाद आइपुगेका छन् ।

    हालैका महिनामा चिसिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

    वासिङटनले ३० करोड अमेरिकी डलरको अमेरिकी सैन्य सहायता रोक्ने निर्णयको पुष्टि गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान आएका हुन् ।

    अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामापाद आएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै भने–‘दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो ।’

    अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ ।

    ‘हो, हामीबीच धेरै किसिमका चुनौती छन् । तर, पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ’–उनले भने ।

    विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्नेछन् ।

    भारतमा रहँदा अमेरिकी रक्षामन्त्री जीम म्याटिस पनि साथमा रहनेछन् । भारतमा प्रतिरक्षा र व्यापारका विविध विषयमा छलफल हुने बताइएको छ । रासस/एएफपी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij