मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

असोज २ सम्म सबै ऐनहरु बनिसक्ने सभामुख महराको दाबी

  • प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५



  • news

    काठमाडौं, भदौ २१ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेसम्म सबै ऐन, कानुन बनिसक्ने दाबी गरेका छन् ।

    बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सभामुख महराले विधेयकहरु छलफलमा रहेकाले आफू चीन भ्रमणमा जाँदा ती ऐन, कानुन बन्ने प्रक्रियामा असर नपर्ने जिकिर गरे ।

    शुक्रबार (भोलि)देखि चीनको पाँचदिने भ्रमणमा जान लागेका उनले छलफलकाक्रममा आउने अप्ठ्यारो फुकाउने अधिकार उपसभामुखलाई दिने बताए ।

    सरकारले पेस गरेका २६ ओटा विधेयकमध्ये ६ ओटा संसदबाट पारित भइसकेका छन् भने २० ओटा पारित हुन बाँकी छ ।

    मौलिक हकसम्बन्धी १७ ओटा विधेयकमध्ये तीनओटा प्रक्रियामै गएका छैनन् भने पाँचओटा विधेयक राष्ट्रियसभामा गएका छन् । त्यस्तै, १२ ओटा प्रतिनिधिसभामा रहेका छन् ।

    व्यापार मेला, मैत्री पुल र ट्रेड हिमालय रोडसम्बन्धी कार्यक्रममा सहभागी हुन १० सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख महरा शुक्रबार चीन जान लागेका हुन् । उनी यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij