आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थरिथरिका तीजगीत

  • प्रकाशित मिति : शुक्रबार, भदौ २२, २०७५



  • news

    काठमाडौं, भदौ २२ । हिन्दु नारीहरुको महान् चाड तीज र गीत–संगीतबीच अन्योन्याश्रित सम्बन्ध छ ।

    तीज नजिकिएसँगै तीजका भाका घन्किन थाल्छन् । कतिपय कलाकारले त तीजलाई ध्यानमा राखेर नै नयाँ–नयाँ गीत र एल्बम सार्वजनिक गर्ने गरेका छन् ।

    महिला दिदी–बहिनीले तीजमा दुःख–सुखका भावना व्यक्त गर्न गीत–संगीतलाई माध्यम बनाउने गरेको पुरानै प्रचलन हो ।

    अझ विशेष गरेर विवाहित महिलाले माइतीघर छाडेर जानु पर्दाको पीडा र विवाहित घरका अप्ठ्याराहरु गीतमा व्यक्त गर्दछन् ।

    प्रविधिको विकाससँगै विगत केही वर्षयता तीज नजिकिँदै जाँदा रेडियो, टेलिभिजन र सामाजिक सन्जालमा घन्कने गीतले सहर–बजार तातिने गरेको छ ।

    विरहका भाका हुन् वा हर्ष–उल्लासका ती गीत घन्किनेबित्तिकै तीज नजिकियो भन्ने महसुस सबैलाई हुन्छ ।

    घर–आँगनमा आइपुगेको तीजको झ–झल्को दिलाउने यस्ता गीतले पक्कै पनि दिदी–बहिनीहरुलाई माइती जाने रहर जगाउँछ नै ।

    यसैले त स्वदेशमामात्र होइन, विदेशमा रहेका नेपालीहरु पनि तीज नजिकिएसँगै गीत–संगीतमा रमाउने गरेकाले त्यस्तै भाकाका गीत पनि बजारमा निस्कन थालेका छन् ।

    तीजको अवसरमा हरेक वर्ष बजारमा तीजगीत सार्वजनिक गर्ने कलाकारहरुले आफ्नो पेसासँग सम्बन्धित गीत पनि बजारमा भित्र्याएका छन् ।

    तीजलाई नै अवसर पारेर समाजमा देखिएका विकृति र विसंगति समेटिएका गीत पनि केही वर्षयता बजारमा आउन थालेका छन् ।

    तर, संस्कृति वा चाडपर्वका लागि बनाइने गीत अन्य व्यावसायिकजस्ता हुन नहुने तर्क पनि कतिपयको छ ।

    तीजकै लागि भनेर सार्वजनिक गरिएका केही गीत यस्ता पनि छन्, जुन परिवारसँग बसेर हेर्न त्यति उपयुक्त लाग्दैनन् ।

    चाडपर्वले संस्कृतिको जर्गेना गर्नुपर्नेमा यस्ता गीतले समाजमा उल्टै विकृति फैलाउनेमा कुनै शंका छैन ।

    त्यसैले तीजमा गाइने खुसी र विरहका गीतहरुमै ध्यान दिनसके गीत–संगीत र चाडपर्व जीवन्त बन्नसक्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij