आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पेट्रोलियम पदार्थमा लगातार मूल्यवृद्धि विरुद्ध आज ‘भारत बन्द’

  • प्रकाशित मिति : सोमवार, भदौ २५, २०७५



  • news

    नयाँ दिल्ली, भदौ २५ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि विरुद्ध भारतका विपक्षी दलहरुको आह्वानमा आज ‘भारत बन्द’ घोषणा गरिएको छ । प्रदर्शनकारीहरुले लगातार पेट्रोलियम पदार्थमा नरेन्द्र मोदी नेतृत्वको सरकारले मूल्यवृद्धि गराएको भन्दै सरकारविरोधी नारा लगाएका छन् ।

    भारतका केही राज्यमा पेट्रोलको मूल्य ८० रुपैयाँ (भारु) प्रतिलिटर भन्दा माथि छ । यो हालसम्मकै उच्च मूल्य बताइन्छ ।

    भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका महासचिव शकील अहमदले भने, ‘कांग्रेसले भारत बन्दको आह्वान गरेको छ, अन्य विपक्षी दलले पनि यसको समर्थन गरेका छन् ।’

    बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द आह्वान गरिएको भए पनि विपक्षी दलका कार्यकर्ताहरु विभिन्न सहरमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।

    उडिसामा स्थानीय नेता तथा कार्यकर्ता सडकमै बसेर यातायात अवरुद्ध गरेका छन् । कांग्रेस कार्यकर्ताले उडिसाकै सम्भलपुर स्टेशनमा रेल सेवा अवरुद्ध तुल्याएका छन् ।

    (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij