आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियामा भव्य स्वागत

  • प्रकाशित मिति : मङ्लबार, अशोज २, २०७५



  • सिओल, असोज २ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता किम जोङ–उन सवार कार्गेडलाई मंगलबार प्योङयाङका सडकका दुवै किनारामा रंगीबिरंगी भेषभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

    उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति मंगलबारै सीधा उडानबाट प्योङयाङ पुगेका हुन् ।

    नेता किमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न किम आफैं विमानस्थल पुगेका थिए ।

    सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झन्डाका साथै कोरियाली एकीकरणको संकेतमूलक झन्डा फहराएका थिए । दक्षिण कोरियाको झन्डा भने यहाँ फहराइएको थिएन ।

    माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुवै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए ।

    दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि, सन् २००० मा किम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

    उत्तर कोरियाली समाचार संस्था ‘केसीएनए’ले दुवै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तीव्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ ।

    यसअघि, सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुईपटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ ।

    दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।

    उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो ।

    तर, पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ ।

    संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ ।

    उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिकरुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ ।

    अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम संकट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषयमात्र स्वीकार्य नहुने जनाएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्णकार्यान्वयनका सम्बन्धमा थप विचार–विमर्श गर्ने अपेक्षा गरेका छन् । रासस/एएफपी

    तस्वीहरुः रोयटर्स ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij