आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डुंगा दुर्घटनामा ४० जनाको मृत्यु, कयौं बेपत्ता

  • प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५



  • news

    तान्जानिया, असोज ५ । तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

    एक सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएअनुसार दुर्घटनामा २ सय भन्दा बढी व्यक्ति डुबेको आशंका गरिएको छ । सय जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ३२ जनाको अवस्था चिन्ताजनक छ ।

    सो डुंगामा चार सय यात्रु सवार रहेको बताइएको छ । घटनामा कति व्यक्तिको हताहति भयो भन्नेबारे यकिन जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

    एमबी न्येरेरे नाम दिइएको उक्त डुंगा उकोरा र बगोलोरा द्वीप नजिकै दुर्घटनामा परेको हो । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्कँदा दुर्घटना भएको जनाइएको छ ।

    उद्धार कार्य हालका लागि स्थगित गरिएको छ । सन् १९९६ मा भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ८ सय व्यक्तिको मृत्यु भएको थियो । यसलाई पछिल्लो शताब्दीको सबैभन्दा खराब डुंगा दुर्घटनाको संज्ञा दिइने गरिन्छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij