आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यौन हमला आरोपको जोडदार बचाउमा उत्रिए डोनाल्ड ट्रम्प

  • प्रकाशित मिति : शुक्रबार, अशोज १२, २०७५



  • news

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश ब्रेट काभानाघले आफूमाथि लागेको यौन हमला आरोपको जोडदार खण्डन गरेका छन् ।

    सिनेटको न्यायिक समितिमा बोल्दै उनले सुनुवाइ प्रक्रियामा भएका गतिविधिले आफुलाई अपमानित गरेको टिप्पणी समेत गरेका छन् ।

    ब्रेटले डेमोक्रेटिक सिनेटरहरुले राजनीतिक कारणले प्रेरितभइ आफ्नो परिवार र प्रशिद्धिको बर्वादी गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

    आफुमाथि यौन हमला भएको जीकिर गरेकी क्रिस्टिन ब्लैसीले भने ३६ बर्ष अघिको घटनाले आफ्नो जीवनलाई नराम्ररी प्रभावित गरेको बताएकी छिन् ।

    स्कुले जीवनमा ब्रैटले आफुमाथि यौन हमला गरेको क्रिस्टिनले आरोप लगाएकी छिन् । नागरिक कर्तव्य निभाउनका लागि घटना भएको यत्तिका बर्षपछि यो विषयलाई उठाएको उनको भनाइ छ ।

    राष्ट्रपति ट्रम्ले भने ब्रेटको पक्षमा सिनेटले मतदान गर्नै पर्ने बताएका छन् । नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतले अमेरिकी राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाहा गर्ने गर्दछ ।

    अमेरिकी समाजमा प्रभाव पार्ने गर्भपतन र सरकारी नीति जस्ता विवादास्पद विषयमा सर्वोच्च अदालतका फैसला महत्वपूर्ण हुने गर्दछन् ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij